Logo
Logo

माओवादीको सचिवालय बैठक जारी


315
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आयोजक समितिको सचिवालय बैठक जारी रहेको छ ।

सचिवालय बैठक सकिएलगत्तै आयोजक समितिको केन्द्रीय समितिको पूर्ण बैठक पनि सोही स्थलमा बस्ने छ।

बैठकले नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदन गर्ने बताइएको छ ।

यही कात्तिक १६ गते नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेकपा समाजवादी, ने.क.पा. माओवादी समाजवादी र ने।क।पा साम्यवादीबीच एकताको सहमति भएको थियो ।

उनीहरुले बुधबार काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्