काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपि नागरिकता लिएकी छन् । २४ भदौमा जेनजी आन्दोलनको क्रममा उनको निवासमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रमममा उनको नागरिकता पनि जलेको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनले आज प्रतिलिपि नागरिकता लिएकी हुन् । उनको साथमा रहेको नागरिकताको प्रमाणपत्र पनि जलेको थियो । उनले प्रतिलिपि नागरिकता पाऊँ भनेर निवेदन दिएपछि विभिन्न सरकारी निकायमा रहेका उनको नागरिकताको प्रमाणपत्रको फोटोकपी र डिजिटल डाटा अनुसार नागरिकताको प्रतिलिपि नागरिकता दिइएको हो ।









