Logo
Logo

इङ्ल्यान्डका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने


315
Shares

काठमाडौं । इङ्ल्यान्डका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । काठमान्डु गोर्खाजले एनपीएल २ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो । ३७ वर्षे सिम्पसनले इङ्ल्यान्डबाट ३ एकदिवसीय अन्तराष्ट्रिय खेलिसकेका छन् ।

सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा उनले यो सबै ३ खेल खेलेका थिए । लर्डसमा पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा सिम्पसनले १७ रन बनाउनुका साथै ५ क्याच लिएका थिए ।

‘जोहन सिम्पसन देव्रहाते विकेटकिपर–ब्याटर हुन् । सिम्पसनसँग इङ्ल्यान्डको घरेलु क्रिकेटमा ५ सय ४२ खेलमा १६ हजार ५ सयभन्दा बढी रन बनाएको अनुभव छ । २२९ प्रथम श्रेणीका खेलमा उनले १९ शतकसहित ११ हजार ३ सय ५१ रन बनाएका छन् । सेप्टेम्बरको अन्तिम सातामा उनले ससेक्सको कप्तानी गर्दै वोरसेस्टरसायरविरुद्ध प्रथम श्रेणीमा अविजित १२९ रन बनाएका थिए । यो उनको पछिल्लो खेल रहेको थियो ।

त्यस्तै उनले ११५ लिस्ट ‘ए’ खेलमा १२ अर्धशतकसहित २ हजारभन्दा बढी रन बनाएका थिए । ट्वान्टी-२० मा उनले १९५ खेलमा झन्डै १३० को स्ट्राइक रेटमा ३ हजारमाथि रन बनाएका छन् । ससेक्स अघि उनले मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलेका थिए । उनले द हन्ड्रेडमा लांकसायर स्प्रिट र नर्थन सुपरचार्जसबाट खेल्दै आएका छन् । भाइटालिटी ब्लास्टमा उनले २००९ देखि खेल्दै आएका छन् ।

राजधानीको टोलीले भित्राएका उनी पाँचौं विदेशी खेलाडी हुन् । काठमान्डु गोर्खाजले यसअघि नै इङ्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान ग्रेहार्ड इरसमस, अमेरिकी ब्याटर मिलिन्द कुमारलाई र इङ्लिस काउन्टी खेल्दै आएका बेन चाल्सवर्थलाई आउदो सिजनको एनपीएलका लागि अनुबन्धन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्