Logo
Logo

माओवादीबाट अलग हुँदै जनार्दनले भने-आयोजक समितिलाई पार्टी एकता गर्ने अधिकार छैन


0
Shares

काठमाडौं । नेकपा माओवादीबाट अलग भएर छुट्टै अभियान घोषणा गरेका जनार्दन शर्माले नेकपा माओवादीको महाधिवेशन आयोजक समितिलाई पार्टी एकता गर्ने अधिकार नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रबाट औपचारिकरुपमा अलग हुँदै जनार्दन शर्माले प्रगतिशील अभियान नेपाल घोषणा गरेका छन् । 

The current image has no alternative text. The file name is: janardhan-sharma.jpg

मङ्गलवार ललितपुरको बखुन्डोलमा पत्रकार सम्मेलन गर्दै प्रतिस्पर्धा गर्न नदिने र नयाँ नेतृत्व स्थापित हुन नदिन पार्टी एकताको नाटक गरेको आरोप लगाए । 

उनले भने, ‘अहिले माओवादीको महाधिवेशन आयोजक समिति बनेको थियो, आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जुन एकताको नाटक गरेको छ । त्यसको अधिकार क्षेत्रभित्र नै छैन। त्यो आयोजक समितिले पाउँदै पाउँदैन। आयोजक समितिले त महाधिवेशन सम्पन्न गर्ने भनेको थियो ।’

‘महाधिवेशन सम्पन्न गर्न लाग्नुको सट्टा अनेक गरेर टार्ने, पार्टीभित्र विधि, पद्धतिलाई स्थापित गर्न नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उद्देश्यबाट प्रेरित भएर आज जुन खालको एकता गर्ने भनेको छ, त्यसले न कुनै निकास दिने छ,’ उनले भने ।

उनले आजैबाट माओवादी केन्द्र लगायतमा भद्रगोल सुरु भइसकेको समेत दाबी गरे। ‘आजैबाट त्यहाँ भद्रगोल सुरु भैसक्यो, हजारौँका केन्द्रीय कमिटी बन्दै छन्,’ शर्माले भने, ‘सयौँको सचिवालय बन्दै छन्। त्यसको कुनै अर्थ हुने छैन ।’

प्रतिक्रिया दिनुहोस्