काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी २७-३० वैशाख २०८२ मा १५औँ नियमित महाधिवेशन गर्न प्रस्ताव गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख अन्तिम साता महाधिवेशन सम्पन्न गर्ने लिखित प्रस्ताव पेस गरेका हुन् ।
यसअघि महामन्त्री गगन थापाले १६-१९ पुस २०८२ भित्रै महाधिवेशन गरिसक्नुपर्ने अडान राखेका थिए । दुवै पक्ष महाधिवेशन नियमित रूपमै गर्नेमा एकमत छन्, तर मिति निर्धारणमा मतभेद कायम छ । बैठकमा छलफल जारी छ ।









