काठमाडौं । तीन दिनदेखि फरार डा. निकोलस भुसालले प्रहरीलाई मृगस्थलीमा छु भन्दै झुक्याए, तर प्राविधिक ‘ट्रयाकिङ’ले उनलाई गोरखाको सरस्वती आश्रममा सुतिरहेको अवस्थामा पक्राउ ग¥यो ।

मङ्गलवार ४४ मिनेट लामो फेसबुक लाइभमा भुसालले रुद्राक्षको माला जप्दै, भित्तामा भगवानका तस्बिर टाँगिएको हल देखाएका थिए । ‘गोकर्णनाथ मृगस्थलीबाट बोल्दै छु,’ उनले भिडियोमा भनेका थिए । यो सुनेर काठमाडौं प्रहरी तत्काल एक्सनमा आयो । तर भुसालको लाइभ हेर्दै प्राविधिक टोलीले भिडियोको लोकेशन पत्ता लगायो–गोरखा१ आइपी एड्रेस, नेटवर्क टावर र भिडियो ब्याकग्राउन्डको विश्लेषणले भुसाल बसेको ठाउँ भेट्टाृन प्रहरीलाई सजिलो भएको हो ।
उनी बसेको ठाउँ गोरखा नगरपालिका-८, सरस्वती आश्रमको सन्त निवास हल रहेको प्रहरीले भिडियोबाटै पत्ता लगाएको हो । प्रहरीका अनुसार उनी हिजो साँझ मात्र गोरखा पुगेका खुलेको हो । काठमाडौं प्रहरी परिसर सो जानकारी पाउँनासाथ जिल्ला प्रहरी गोरखासँग समन्वय गरेर रातारात टोली पठाएको थियो । प्रहरी पुग्दा भुसाल सन्त निवासको हलमै सुतिरहेका थिए । घाँटीमा रुद्राक्ष र फूलको माला, गालामा ‘सिताराम’ लेखिएको पिताम्बर लगाएका थिए । ब्यूँझिएर हेर्दा हत्कडी लगाइसकिएको थियो ।
शनिवार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै भुसालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई “हत्यारा” भनेका थिए । २३ भदौको जेनजी आन्दोलनमा एकैदिन २२ जनाको मृत्यु भएको घटनालाई लिएर उनले हिंसात्मक अभिव्यक्ति दिए । त्यसपछि फेसबुकमै उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौं मेयर बालेन शाहको नाम जोडेर धम्कीपूर्ण स्टाटस लेखेका थिए । दिउँसो २ बजे माइतीघरमा प्रदर्शनमा आउन आह्वान गरेर उनी बेपत्ता भएका थिए ।
लाइभको रियल–टाइम लोकेशन ट्रयाक,आश्रमको सिसिटिभी फुटेज र स्थानीय सन्तहरूसँग सोधपुछबाट प्रहरीले तीन घण्टामै ठेगाना पत्ता लगाएको हो । भुसाललाई आजै काठमाडौं ल्याइने भएको छ ।









