Logo
Logo

भृकुटीमण्डपमा बुधबार ९ कम्युनिस्ट दलको एकता घोषणा


1.1k
Shares

काठमाडौँ । नेपालका ९ कम्युनिस्ट दलले बुधबार बिहान ११ बजे भृकुटीमण्डपमा एकता घोषणा गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र सहितका ती दलहरूले सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् र अब औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ एकीकृत दलको घोषणा गर्न लागेका हुन् ।

The current image has no alternative text. The file name is: prachanda.jpg

माओवादी केन्द्रका वरिष्ठ नेता अग्नि सापकोटाले मंगलबार पार्टीको अन्तिम बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “अहिलेसम्मका सबै उतारचढाव र मोडहरू पार गर्दै हामी अब देशलाई समृद्धितर्फ लैजाने साझा यात्रामा निस्कँदैछौं।”

उनका अनुसार नयाँ एकीकृत दलले जनताको चाहनाअनुसार काम गर्ने र सोही अनुरूप नीति तथा कार्यक्रम तय गर्नेछ ।

सापकोटाले माओवाद सिद्धान्त तत्कालका लागि औपचारिक रूपमा प्रयोग नगरिए पनि माओका योगदान र विचारका सवालमा भविष्यमा सजीव छलफल गरेर पुनर्स्थापित गर्न सकिने उल्लेख गरे ।
“अहिले एकता अपरिहार्य भएकाले हामीले साझा झण्डामुनि आउने निर्णय गरेका हौं,” उनले भने, “तर माओवादको योगदानबारे बृहत् र सजीव बहस हुनेछ, जसबाट नयाँ दिशानिर्देश समेत निकाल्न सकिनेछ।”

नयाँ एकीकृत दलको घोषणा समारोहमा नौ दलका शीर्ष नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्