Logo
Logo

जनार्दनलाई अझै सोच विचार गर्न प्रचण्डको सुझाव  


378
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी छोड्ने घोषणा गरेका नेता जनार्दन शर्मालाई पुनः फर्कन सार्वजनिक अपिल गरेका छन् ।

The current image has no alternative text. The file name is: maobadi-1.jpg

राष्ट्रिय महाधिवेशन आयोजक समितिको अन्तिम पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अझै सोच्नुस्, फर्कनुस्  । हामीसँग मिलेर अघि बढौँ ।’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता अग्निप्रसाद सापकोटाले प्रचण्डको भनाइ उद्धृत गर्दै भने,’देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्छ । अब नयाँ नेतृत्व टिम बनाएर समाजवादी क्रान्तिको जग बलियो पार्नुपर्छ । जेनजी आन्दोलनले त्यसको सङ्केत दिएको छ ।’

सापकोटाका अनुसार बैठकले राष्ट्रिय मुक्ति आन्दोलनको शक्तिशाली आधार तयार भएको निष्कर्ष निकालेको छ । ‘समाजवादी मोर्चातर्फ दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त भएको छ,’ उनले भने । जनार्दन शर्मा ‘प्रभाकर’ ले गत साता मात्र माओवादी परित्याग गर्दै नयाँ शक्ति निर्माणको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्