काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेनेजीको माग सम्बोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । मङ्गलवार जारी केन्द्रीय समितिको बैठकमा उनले सो प्रस्ताव राखेका हुन् ।

उनले भने, ‘संसद् पुनःस्थापना गरौँ, संविधान संशोधन गरौँ र जेनेजीको माग पूरा गरेर अघि बढौँ ।’यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको थियो ।
तर अहिले पार्टीभित्रै फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुनुपर्ने मत बलियो बन्दै गएको छ । यता, फागुन २४ को जेनेजी आन्दोलनपछि सत्ताबाहिर पुगेको नेकपा (एमाले) ले भने संसद् पुनःस्थापनालाई प्राथमिकता दिएको छ र यसका लागि कानुनी बाटो अपनाउने निर्णय गरिसकेको छ ।









