Logo
Logo

रास्वपाका घरबेटीले पार्टी छाडे


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय रहेको घरधनीले पार्टी छाडेका छन् ।

रास्वपाको अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका डा. भरतमणी देवकोटाले मंगलबार पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनले सभापति रवि लामिछानेको आग्रहमा आफूले आयोग प्रमुखबाट राजीनामा दिएको तर पार्टीले अहिलेसम्म कुनै जिम्मेवारी नदिएको उल्लेख गरेका छन् ।

‘रवि सरको मलाई फरक भूमिकामा संलग्न गराउने केही योजना थियो । मैले रवि सरसँग यस विषयमा छलफल गरेँ र नयाँ ‘शासन आयोग’का लागि केही टीओआर (कार्यविवरण) तयार पारेँ, जुन कहिल्यै साकार हुन सकेन’, देवकोटाले राजीनामापत्रमा भनेका छन्, ‘महिनौंको प्रयासपछि पनि मैले पार्टीमा कुनै ठाउँ पाइनँ । पार्टी नेतृत्वले मलाई यदि पार्टीमा कुनै ठाउँ चाहन्छु भने महाधिवेशनमार्फत् आउन प्रतिक्रिया दियो । यो स्थितिले मलाई अब म पार्टीका लागि उपयोगी छैन भन्ने बुझ्न प्रेरित गर्‍यो ।’

यद्यपि, उनले आफू स्वेच्छाले अवकाश लिएको बताएका छन् ।

केही समय पहिले उनले पार्टी कार्यालय समेत अन्यत्र सार्न भनेको समाचार सार्वजनिक भएको थियो । रास्वपाले घरभाडा समेत नतिरेको भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्