Logo
Logo

अख्तियारले प्रहरीमा दियो उजुरी, जेनजी आन्दोलनमा २४ करोड क्षतिको दाबी


567
Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको क्रममा भएको क्षति विवरणसहित जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दर्ता गरेको छ।

The current image has no alternative text. The file name is: jilla_prahari.jpg

जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले उजुरी प्राप्त भएको जानकारी दिएका छन्। अख्तियार स्रोतका अनुसार उजुरीमा आन्दोलनका कारण २४ करोड रुपैयाँको क्षति भएको दाबी गरिएको छ।

यसै दिन सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले पनि प्रहरीमा सम्बन्धित जाहेरी दिएका थिए। उजुरी र जाहेरी दुवै जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनी घटनाको अनुसन्धानका लागि दर्ता गरिएको हो।

प्रतिक्रिया दिनुहोस्