Logo
Logo

एमालेमा फर्किन तयार छौँ, हाँसेर बोल्दिए पुग्छ: किसान श्रेष्ठ


882
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता किसान श्रेष्ठले आफू नेकपा (एमाले) मा नि:सर्त फर्किन तयार रहेको बताएका छन् । उनले एकता वा समाहितको कुरा नभई ‘पसिना बगाएको मूल घर’ मा फर्किने बताएका हुन् ।

The current image has no alternative text. The file name is: kishan.jpg

बुधवार काठमाडौँको होटल बसेरामा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘हामीलाई पद, सुविधा वा सर्त केही चाहिएको छैन । मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ । हामी नि:सर्त आफ्नो घर फर्किन चाहन्छौँ । त्यो वातावरण बनाइदिन एमाले नेतृत्वसँग हार्दिक अनुरोध गर्छौँ ।’

पत्रकार सम्मेलनको उद्देश्य प्रस्ट पार्दै श्रेष्ठले भने, ‘यो कुनै नयाँ पार्टीमा प्रवेश वा समाहित होइन । हामीले जीवन अर्पण गरेको नेकपा (एमाले) मा घर फर्किने सन्देश दिन यो सम्मेलन आयोजना गरेका हौँ ।’ किसान श्रेष्ठसँगै रामकुमारी झाँक्रीसहितका नेताहरू पनि एमालेमा फर्किने क्रममा रहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्