Logo
Logo

फिलिपिन्समा कालमेगी आँधी, ५२ जनाको मृत्यु


252
Shares

काठमाडौं । फिलिपिन्समा कालमेगी आँधीबाट अहिलेसम्म ५२ जनाको ज्यान गएको छ । शक्तिशाली आँधीका कारण लाखौँ घरबारविहीन भएका छन् । हाल १३ जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

The current image has no alternative text. The file name is: badhi.jpg

कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ । सबैभन्दा धेरै विनाश घना जनसङ्ख्या भएको मध्य टापु सेबुमा सबैभन्दा धेरै मृत्यु भएको छ । धेरै मानिसहरूले घरको छतमा आश्रय लिइरहेका छन् भने कार र ढुवानी कन्टेनरहरू सडकमा तैरिरहेको देखिएको छ ।

त्यस्तै राहत प्रयासमा सहयोग गर्ने क्रममा दुर्घटनामा परेर सैन्य हेलिकप्टरमा रहेका छ जना चालक दलका सदस्यहरूको मृत्यु भएको छ । सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा हेलिकप्टर दुर्घटनाग्रस्त भयो । फिलिपिन्सले प्रत्येक वर्ष औसत २० आँधीको अनुभव गर्छ ।

प्रतिक्रिया दिनुहोस्