Logo
Logo

क्याप्टेनद्वारा सिपाहीमाथि कुटपिट, सेनाद्वारा छानबिन सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० असोज ।
सिपाहीमाथि कुटपिटको घटनाको सेनाले छानबिन थालेको छ । कंगामा शान्ति स्थापनार्थ खटिएको गणमा सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको घटनामा सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ सुरू गरेको हो।

घटना छानविनको लाथि ज्येष्ठ सेनानीको (मेजर) नेतृत्वमा छानविन थालिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।
शान्ति स्थापना कार्यमा संलग्न सेनाका सदस्यमा उच्चस्तरको अनुशासन कायम राख्न सेनाले यो छानविन अघि बढाएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।

बिहीबार कंगोमा खटिएको उक्त क्याम्पमा सैनिक अधिकृतहरूले जवानलाई कुटपिट गरेका थिए। यो खबर सामाजिक सञ्जालमा आएपछि जंगी अड्डाले प्रारम्भिक रुपमा छानविन थाल्यो।

प्रारम्भिक छानविनमा सैनिक जवान र क्याप्टेनहरूबीच झगडा हुँदा कुटपिट भएको बुझिएपछि जंगी अड्डाले छानविन समिति नै गठन गरेको हो।

‘वादविवाद र झगडा हुँदा घटनाले कुटपिटको रुप लिएको भन्ने बुझिन आएपछि समिति गठन गरिएको हो,’ पौडेलले भने, ‘यो निकै गम्भीर आरोप भएकाले तरिकावद्ध रुपमा छानविन समिति गठन गरिएको हो।’

प्रतिक्रिया दिनुहोस्