Logo
Logo

कम्युनिस्ट एकताको ज्वाला कसैले निभाउन सक्दैन: झलनाथ खनाल


819
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट पार्टी फुटोस् भन्ने आफ्नो कहिल्यै इच्छा नरहेको स्पष्ट पारेका छन् । आज राजधानीमा आयोजित नेपाली कम्युनिस्टहरूको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले पार्टीभित्र ‘केही बाह्य तत्त्वहरू’ घुसेका कारण एकता भङ्ग भएको दाबी गरे ।

‘हामी साँचो अर्थमा वामपन्थी एकता चाहन्छौँ,’ खनालले भने, ‘पार्टी फुटोस् भन्ने हाम्रो कहिल्यै मनसाय रहेन । तर भित्रैबाट केही अनावश्यक कुरा छिरे । तिनलाई सफा गरेर फाल्नैपर्छ । अब नयाँ सङ्कल्पका साथ अघि बढौँ ।’

कम्युनिस्ट एकताको ज्वाला कसैले निभाउन नसक्ने उनको भनाइ छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गोप्य छलफलपछि मात्र आफू सभामा उपस्थित भएको खनालले खुलाए ।  ‘मैले कमरेड प्रचण्डसँग केही कुरा राखेँ,’ उनले भने, ‘ती सबै मिलाउँछु भन्ने लिखित प्रतिबद्धता उहाँले दिनुभयो । त्यसैले म यहाँ छु ।’

प्रतिक्रिया दिनुहोस्