काठमाडौं । विभिन्न वामपन्थी दलबीच एकता गर्दै ‘नेपाली कम्युनिष्ट पार्टी’ गठन गर्ने ९ बुँदे प्रस्ताव सार्वजनिक गरिएको छ। प्रस्तावअनुसार अब एकतामा सहभागी सबै दलका संरचना, सम्पत्ति र जनप्रतिनिधिहरू नयाँ पार्टीको मातहतमा रहनेछन्।

प्रस्तावका प्रमुख बुँदाहरू यसप्रकार छन् –
१. एकता प्रक्रियामा सहभागी दलहरूले एकीकृत भएरनेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरेका छन्।
२. नयाँ पार्टीको चुनाव चिन्ह पाँच कुने तारा’रहनेछ।
३, एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य मानिनेछन्।
४. सहभागी दलका नेताहरूसँग आवश्यक परामर्श गरी पार्टीका केन्द्रीय संरचना पूर्णता दिने र संगठनात्मक समायोजन गर्ने निर्णय गरिएको छ।
५. केन्द्रीय संरचनाको पूर्णता र संगठनात्मक समायोजनको जिम्मा पार्टी संयोजक र सह–संयोजकलाई दिने निर्णय भएको छ।
६. माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र माओवादी समाजवादीका नाममा निर्वाचित सबै जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि मानिनेछन्।
७. सहभागी सबै दलका चल–अचल सम्पत्ति, बैंक मौज्दात र दायित्व अबदेखि नयाँ पार्टीको स्वामित्वमा रहनेछन्।
८. नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र पारित गरिएको छ।
९. पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ।
यससाथै, एकीकृत दलहरूले संयुक्त रूपमा नयाँ राजनीतिक दिशानिर्देशनसहित देशभर संगठन विस्तार गर्ने तयारी थालेका छन्।











