
काठमाडौँ । खेलाडीहरुले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णय सार्वजनिक गरेपछि नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन् ।
उनीहरुले ए डिभिजन लिगको कार्यतालिका सच्याउन एक साताको अल्टिमेटम दिँदै एक सातामा कार्यतालिका नसच्याएमा सशक्त रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।
एन्फाले अर्को वर्षको पुसमा मात्रै ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेको थियो । उक्त निर्णयविरुद्ध धर्नाका लागि एन्फा कम्प्लेक्समा पुगेका खेलाडीहरुलाई एन्फाको गेटमा रोकिएको थियो ।











