
काठमाडौं । खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य गेटमा मेडल झुन्ड्याएर विरोध जनाएका छन् ।
करिब ३ वर्षसम्म शहिद स्मारक ए डिभिजन लिग लगायतका अन्य लिग हुन नसकेपछि नेपाली फुटबलको वर्तमान अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै विरोधमा उत्रिएका खेलाडीहरुले सातदोबाटोस्थित एन्फा) कम्प्लेक्सको गेटमा मेडल झुण्ड्याएका हुन् ।
बिभिन्न बहानामा ए डिभिजन लिगलाई रोक्ने काम भएको र यसले नेपाली फुटवललाई नै असर गरेको भन्दै उनीहरुले आफूहरुले जितेको मेडलसमेत एन्फालाई उपहार दिएको भन्दै एन्फाको गेटमा झुण्डाइ दिएका हुन् । एन्फा कम्प्लेक्समा धर्ना दिएका उनीहरुले छिटो भन्दा छिटो ए डिभिजन लिगलाई अघि बढाउन माग गरेका छन् ।
एन्फा र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले नियमित लिग नहुँदा खेलाडी मारमा परेको र नेपाली फुटबल ओरालो लागेको उनीहरुको भनाइ छ ।











