Logo
Logo

म्याग्दीको लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण


189
Shares

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो ।

The current image has no alternative text. The file name is: khelmaidan.jpg

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको जानकारी दिए।

“तीव्र रूपमा बजार विस्तार भएको गाउँपालिकाको केन्द्र बाबियाचौरमा खुला ठाउँको अभावका कारण खेलमैदान नहुँदा खेलाडीलाई समस्या भएको थियो”, उनले भने “नजिकैको लाम्पाटामा खेलमैदान बनेपछि क्याम्पसका विद्यार्थीका साथै खेलाडीलाई पनि सहज भएको छ ।”

क्याम्पसको छात्राबास भवन निर्माणका क्रममा पछाडिको भागमा गत वर्ष पक्की पर्खाल निर्माण गरेर पाखोको जग्गा उकास गरिएको थियो । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु पाँच लाख बजेटबाट पाखो सम्याएर खेलमैदान तयार पारिएको हो । गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख रुचेन्द्र अधिकारीले उक्त खेल मैदानको लम्बाइ ७५ मिटर र चौडाइ ३८ देखि ४० मिटर रहेको जानकारी दिए । नयाँ खेलमैदानमा बिहीबारदेखि गाउँपालिकास्तरीय छैठौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन भएको छ ।

क्याम्पसको पूर्वाधारको अवस्थाका विषयमा समुदायस्तरमा प्रचारप्रसार गर्न सहयोग पुगोस् भनेर नयाँ खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । खेलमैदानको कुनातर्फ प्याराफिट, छेउमा मञ्च र डिलतर्फ तारबार लगाएर व्यवस्थित बनाइने उहाँले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्