Logo
Logo

सन्नी पटेल काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने


315
Shares

काठमाडौं । अ‍ेमरीकन अलराउन्डर सन्नी पटेललाई काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । योसँगै काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पूरा गरेको छ ।

काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमार, इंल्यान्डका बेन चाल्र्सवर्थ र जोहन सिम्पसनलाई आउदो सिजनको एनपिएलका लागि अनुबन्धन गरिसकेको छ । इरसमस बाहेक अन्य सबैले पहिलो पटक गोर्खाजबाट खेल्न लागेका हुन् । 

पटेल भने नेपालको फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय नाम हुन् । उनले २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेका थिए । डीपीएलमा उनी महेन्द्रनगर युनाइटेडविरुद्ध प्लेयर अफ द फाइनल बन्दै प्लेयर अफ द सिरिजमा चुनिएका थिए ।

भारतको गुजरातबाट रणजी ट्रफी खेलेका ३८ वर्षे पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् । अक्टोबरमा उनले एटलान्टा फायरलाई माइनर लिग क्रिकेटको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सोक्रममा उनले १० खेलमा १६ विकेट लिएका थिए । च्याम्पियन एटलान्टा टोलीका प्रशिक्षक मोन्टी देसाई थिए । उनै मोन्टीको प्रशिक्षणमा काठमान्डु गोर्खाजले एनपीएल खेलिरहेको छ ।

‘सन्नी एटलान्टा फायरको एक महत्त्वपूर्ण हिस्सा रहेका थिए । सन्नीले जुन–जुलाईमा भएको अमेरिकाको मेजर लिग क्रिकेटमा एमआई न्यु योर्कको प्रतिनिधित्व गरेका थिए । सोक्रममा उनले ६ खेल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्