Logo
Logo

एनपीएल दोस्रो संस्करणमा पनि ‘पावर्ड बाई’को साझेदारीमा एनसेल


252
Shares

काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल)  दोस्रो संस्करणमा पनि नेपाल क्रिकेट सङ्घ ९क्यान०सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको छ ।

यसले क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेल र प्यानहरुलाई थप ऊर्जा प्रदान गर्ने एनसेलको विश्वास छ ।क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित एनसेलले सहकार्य गरेको छ ।

यही मङ्सिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदै छ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गतवर्षपनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो । 

एनपीएलसँगको सहकार्यबारे आफ्नो उत्साह व्यक्त गर्दै, एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, ‘हालैका टी-ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको छ । आज क्रिकेट राष्ट्रको सबैभन्दा ठूलो आशा मात्र नभई, हामी सबैलाई एकतावद्ध राख्ने खेल पनि हो । त्यसैले क्रिकेटको यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित ‘पावर्ड बाई’ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । फ्यानहरूलाई घर, बाटो, अफिस, काम, कार्यालय, देश वा विदेश जहाँ भए पनि एनसेलको कनेक्टिभिटीमार्फत उनीहरूलाई यस संस्करणको हरेक क्षणसँग जोडिरहनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्