Logo
Logo

झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा


504
Shares

झापा ।  शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ ।

The current image has no alternative text. The file name is: football.jpg

आजको खेलमा नेपाल पुलिस क्लबले काठमाडौंको सङ्कटा फुटबल क्लबलाई २-० गोलले पराजित गरेको छ । खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।

खेलको ७०औँ मिनेटमा पुलिस क्लबले खेलमा अग्रता बनाएको थियो । पुलिस क्लबकी मीना देउवाले सटिक हेडमार्फत पहिलो गोल गरेकी थिइन् । यसपछि ८२औँ मिनेटमा पुलिस क्लबकै रेखा पौडेलले दोस्रो गोल गरिन् ।

खेलको प्लेयर अफ द म्याच पुलिस क्लबकी रेखा पौडेल भइन् । उनले नगद रु १५ हजार र ट्रफी पाइन् । प्रतियोगिताको विजेता टोलीले नगद रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । दुई-शून्य गोलको जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छभने सङ्कटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ । शनिवार एपिएफ र त्रिभुवन आर्मी क्लबबीच सेमिफाइनलको अर्को प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्