Logo
Logo

रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचित्र


1.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा केन्द्रीय सदस्य डा। तोसिमा कार्कीले सुझाव पेस गरेकी छन् ।  चितवनमा जारी विस्तारित बैठकको दोस्रो दिन कार्कीले सुझाव पेस गरेकी हुन् । 

The current image has no alternative text. The file name is: toshima-karki.jpg

सुझाव पेश गरेको बारेमा तोसिमाले भनेकी छन्-‘कुरो सिम्पल छ, रवि लामीछानेप्रति सधैँ सम्मान छ, रहन्छ । विधिवत् तरिकाले विस्तारीत बैठकमा रिफर्मेसन मार्गचित्र दर्ता गराएको छु । प्रस्तुत गरी सम्पूर्ण घन्टी मित्र समक्ष स्पष्ट पार्न पाउने कुरामा आशावादी छु ।’

उनले तीन पन्ने सुझाव पेस गरेकी छन् ।  शुक्रवार विस्तारित बैठकमा कार्कीलाई बोल्न नदिएको विषय पनि विवादमा पारेको छ । यस विषयमा केन्द्रीय सदस्य निशा डाँगी लगायतले आपत्ति जनाएका थिए ।  रास्वपाको विस्तारित बैठकमा शुक्रवार ४० जनाले धारणा राखेका थिए ।  बैठक आजै सकिने तालिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस्