प्रधानसेनापति थापा शेल्फ क्वारेन्टिनमा « Drishti News – Nepalese News Portal
Logo

प्रधानसेनापति थापा शेल्फ क्वारेन्टिनमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ असोज । प्रधानसेनापति पुर्णचन्द्र थापा शेल्फ क्वारेन्टिनमा बसेका छन् । सेनापति थापाको भान्साका काम गर्ने एक जनामा कोरोना पोजेटिभ पुष्टि भएपछि उनी आइतबारबाट क्वारेन्टिनमा बसेको नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको हो ।
निर्देशानालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार शनिबार प्रधानसेनापति थापाको निवासमा भान्साका काम गर्ने एक जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सजगता अपाउँदै क्वारेन्टिनमा बस्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्