
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडामा उपमहानगरपालिका–९ मास्टरचोकमा यात्रुवाहक बसको ठक्करबाट पैदल यात्रीको मृत्युु भएको छ ।
जनकपुरबाट काठमाडौँतर्फ आइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














