Logo
Logo

सत्य, सुशासन र सफल निर्वाचनतर्फ सबै लागौं : राष्ट्रपति


252
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् ।

The current image has no alternative text. The file name is: rastrapati-2.jpg

आइतबार सिंहदरबारमा आयोजित सार्वजनिक सेवा प्रसारण नेपाल प्रथम वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले संविधान र लोकतन्त्रलाई अझ सबल र उन्नत बनाउने अवसरका रूपमा यस निर्वाचनलाई लिनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले सुशासन र विकासप्रति युवा पुस्ताले देखाएको आकांक्षालाई सम्मान गर्दै निर्वाचनलाई निष्पक्ष, स्वच्छ र सफल बनाउन सबैले योगदान दिनुपर्नेमा जोड दिए । उनले लोकतन्त्रको सुदृढीकरण र त्यसको लाभ जनताले प्रत्यक्ष रूपमा पाउने वातावरण निर्माणमा सञ्चार माध्यमहरूको भूमिका निर्णायक हुने उल्लेख गरे । सत्य, तथ्य र विश्वसनीय सूचनाको प्रवाह नागरिकको मौलिक अधिकार भएको भन्दै उनले जिम्मेवार सञ्चार माध्यमले भ्रम, मिथ्या सूचना र संशयपूर्ण सामग्रीबाट जनतालाई जोगाउने दायित्व पूरा गर्नुपर्ने बताए ।

सोही अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले सार्वजनिक सेवा प्रसारणलाई फरक र सिर्जनात्मक विषयवस्तुका साथ अघि बढाउन आग्रह गरे । उनले व्यवसायिक पत्रकारिताको विस्तारसँगै पीएसबीएनले दिगो र प्रभावकारी कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको आधिकारिक प्रतीक लोगो सार्वजनिक गरिएको थियो भने नयाँ टेलिभिजन च्यानल ‘एन टिभी वर्ल्ड’को शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्