Logo
Logo

पाकिस्तानले जित्यो हङकङ सिक्सेसको उपाधि


945
Shares

काठमाडौं । पाकिस्तानले हङकङ सिक्सेस क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले फाइनलमा कुवेतलाई ४३ रनले पराजित गर्दै उपाधि जितेको हो ।

पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछाएको कुवेत ५.१ ओभरमा अल आउट हुँदै ९२ रन बनाएको थियो । यस अघि पाकिस्तानले पहिला ब्याटिङ गर्दै ६ ओभरमा ३ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

पाकिस्तानले हङकङ सिक्सेसको उपाधि जितेकोयो छैटौँ पटक हो । यसका साथै पाकिस्तान सबैभन्दा बढी पटक यो उपाधि जित्ने देश बनेको छ । पछिल्लो पटक पाकिस्तानले २०११ मा यो उपाधि जितेको थियो ।

पाकिस्तानपछि इङल्याण्ड र दक्षिण अफ्रिकाले ५९५ यो उपाधि जितेका छन् भने श्रीलङ्काले २ पटक यो उपाधि जितेको छ । त्यस्तै भारत अस्ट्रेलिया र वेस्ट इन्डिजले एक एक पटक यो उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्