Logo
Logo

राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापनको तयारी


252
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक सञ्चालनका लागि करिब ३० लाख रुपैयाँमा नयाँ हल व्यवस्थापनको तयारी भइरहेको छ ।

The current image has no alternative text. The file name is: Rastriya-Sabha.jpg

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई बैठकस्थलका रूपमा तयारी गर्ने काम सुरु भइसकेको छ ।

“आन्तरिक तयारी सुरु भइसकेको छ। हल व्यवस्थापनका लागि करिब ३० लाखको अनुमान गरिएको छ,” अध्यक्ष दाहालले आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा जानकारी दिए ।

हलको अभावमा हालसम्म राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन । अब हलको व्यवस्थापन पूरा भएसँगै अधिवेशन बोलाउने तयारी भइरहेको अध्यक्ष दाहालले बताए । उनका अनुसार आगामी मंसिर दोस्रो साता अधिवेशन बोलाउने सुझाव दिइएको छ । “मंसिर १५ भित्र अधिवेशन बोलाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव प्रधानमन्त्री सुशीला कार्कीलाई दिइएको छ,” उनले भने ।

अध्यक्ष दाहालले प्रधानमन्त्री कार्की राष्ट्रिय सभाको सञ्चालनप्रति सकारात्मक रहेको पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्