Logo
Logo

कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित हुने


189
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज दिउँसो ४ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको छ।

The current image has no alternative text. The file name is: exam-bord.gif

बोर्डका एक स्रोतका अनुसार आवश्यक प्राविधिक प्रक्रिया पूरा भएलगत्तै नतिजा प्रकाशित गरिनेछ।
“यदि कुनै टेक्निकल समस्या आएन भने आजै नतिजा सार्वजनिक हुनेछ,” स्रोतले जानकारी दियो।

कक्षा १२ को पूरक परीक्षा गत असोज ७ र ८ गते सञ्चालन गरिएको थियो।
गत साउन ११ गते सार्वजनिक नियमित नतिजामा ६१।१७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए।

प्रतिक्रिया दिनुहोस्