Logo
Logo

हङकङ सिक्सेस: धेरै रन बनाउने र विकेट लिनेमा नेपाली खेलाडी


441
Shares

काठमाडौं । हङकङ सिक्सेसमा नेपालको प्रदर्शन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शीर्ष स्थानमा रहेका छन् ।

हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल समग्रमा १२ देशले भाग लिएको प्रतियोगितामा ११औँ स्थानमा रह्यो र भारत पुछारमा रह्यो । यस प्रतियोगितामा प्लेट च्याम्पियनसिप आयोजक हङकङले जित्यो भने बाउल च्याम्पियनसिप श्रीलङ्काले जित्यो ।

त्यस्तै धेरै रन बनाउने खेलाडीको सूचीमा नेपालका सन्दीप जोरा रहेका छन् । सन्दीपले कुल ५ खेलमा १७६ रन बनाएका छन् ।  सन्दीपले ५ खेलमा २३ छक्का र ७ चौका प्रहार गरेका छन् ।

त्यस्तै धेरै विकेट लिने खेलाडी खेलाडीको सूचीमा नेपालका रशिद खानले ९ विकेट लिएर शीर्ष स्थानमा छन् । रशिदले अफगानिस्तानविरुद्ध प्रतियोगिताको एक मात्र ह्याट्रिक समेत लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्