Logo
Logo

बालेनलाई महेशको धम्की: ओलीमाथि आक्रमण गर्ने योजना बनाए ‘अचार’ बनाइदिन्छौँ 


1.6k
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ‘अचार बनाइदिने’  धम्की दिएका छन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सिध्याउन शाहले योजना बनाए, त्यसको प्रतिकार गर्ने बताउँदै धम्की लिएका हुन् । 

The current image has no alternative text. The file name is: Mahesh-Basnet.jpg

बस्नेतले केही समूहले सामाजिक सञ्जाल डिस्कोर्डमा एमाले अध्यक्ष ओलीमाथि आक्रमण गर्ने योजना बनाएको सूचना आफूले पाएको दाबी गरे । उनले भने, ‘ड्रोन हमला गर्ने, हामीलाई मार्न आउँछु भनेर योजना बनाउने लुसिफरहरू गलत उद्देश्यले गुण्डु आयो भने किमा बनाउँछु, अचार बनाउँछु।’ उनले यस्तो भन्नु आफ्नो नैसर्गिक अधिकार भएको तर्कसमेत गरे ।

बस्नेतले गृहमन्त्रीलाई समेत चुनौती दिँदै भने, ‘ताकत भए केपी ओलीलाई समातेर देखाऊँ ।’बस्नेतले आफूहरू राजनीतिक सङ्गठन भएको र देशको समृद्धि र विकासका लागि योगदान दिन चाहेको तर आफ्नो सङ्गठन र नेताविरुद्ध कसैले आक्रमण गर्न खोजे त्यसको कडा प्रतिकार गर्ने बताए । ‘हामी आतङ्कवादी समूह होइनौँ, हामी राजनीतिक सङ्गठन हौँ,’ उनले भने, ‘तर हाम्रो विरुद्ध अट्याक गर्न आउँछ भने त्यसको प्रत्याक्रमण गर्नु हाम्रो नैसर्गिक अधिकार हो ।’

प्रतिक्रिया दिनुहोस्