Logo
Logo

इमरान ताहिर जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने


189
Shares

काठमाडौं । दक्षिण अफ्रिकाका लेगस्पिनर इमरान ताहिर जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । उनलाई साबिक विजेता जनकपुर बोल्ट्सले टोलीमा आबद्ध गरेको आइतबार सार्वजनिक गरेको हो । 

The current image has no alternative text. The file name is: tahir.jpg

४६ वर्षीय ताहिरले दक्षिण अफ्रिकाको टोलीबाट सन् २०१९ देखि खेलेका छैनन् । उनले ४० वर्षको उमेरसम्म दक्षिण अफ्रिकबाट खेलेका थिए । पछिल्लो समय व्यवसायिक क्रिकेट खेलिरहेका ताहिरले यो वर्ष क्यानडा सुपर ६०  र क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेका छन् । उनले सिपिएलटोली गुयना अमाजोन वारियर्सको कप्तानी समेत गरेका थिए । 

आइपिएल टोली चेन्नइ सुपरकिंग्ससहिन उनले पाकिस्तान सुपर लिग, बिग ब्यास लिगसहित विश्वभरका अधिकांश फ्रेञ्चाइज टोलीबाट खेलेका छन् । पाकिस्तानको यू-१९ टोली हुँदै दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट खेलेका ताहिरले विश्वभरका ५० भन्दा बढी टोलीबाट खेलिसकेका छन् । 

उनले टी-२० मा ४४६ खेलमा ५७० विकेट लिएका छन् । उनले सिपिएलमा १३० विकेट र  आइपिएलमा ३ टिमबाट ८२ विकेट लिएका छन् ।  

वेस्ट इन्डिजका पूर्व खेलाडी शिवनारायण चन्द्रपालको प्रशिक्षक रहेको जनकपुरले यसअघि दक्षिण अफ्रिकाका वायने पार्नेल र श्रीलङ्काका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थालाई भित्र्याएको थियो । 
 

प्रतिक्रिया दिनुहोस्