Logo
Logo

१२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत उत्तीर्ण


252
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको  आज बसेको बोर्ड बैठक नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

The current image has no alternative text. The file name is: exam-bord.gif

गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका हुन् । ४ जनाको परीक्षाफल रद्द गरिएको छ । गत ११ साउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए । नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्