Logo
Logo

नेपाली कम्युनिस्ट पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा बुझाइयो कागजात


441
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन आयोगमा बुझाएको छ । 

The current image has no alternative text. The file name is: neta-2.jpg

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरू वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङलगायतका नेताहरू आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरू बुझाइएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी आबद्ध दलका प्रतिनिधिहरूले विधान, माइनुट, नयाँ पार्टीको घोषणापत्र लगायतका कागजात बुझाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । 

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० वाम दल र अभियानबीच एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइएको छ । यसको घोषणा कार्तिक १९ गते गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्