Logo
Logo

घनश्याम पक्षीय नेताहरूले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन


1.6k
Shares

काठमाडौं । घनश्याम भूसालले निर्वाचन आयोगमा आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् । आइतबार निर्वाचन आयोगमा संयोजक राजकुमार कक्षपति रहनेगरी भूसाल पक्षका नेताहरूले दल दर्ताको निवेदन दिएका हुन् ।

The current image has no alternative text. The file name is: ghanashyam-bhusal1.jpg

पार्टीको नाम नेकपा (वामपन्थी केन्द्र) राखिएको छ । सहसंयोजकमा नन्दलाल बन्जाडे राखिएको छ । अहिले आयोगमा यो निवेदनउपर कागजात रुजु गर्ने प्रक्रिया चलिरहेको छ । चुनाव चिह्न सूर्यमुखी फूल प्रस्ताव गरिएको छ । अन्य २३ जना सदस्यहरूको नाम पनि आयोगमा बुझाइएको छ ।

पहिला भुसाल रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र माओवादी केन्द्रसहितका विभिन्न ९ पार्टीहरूबिच एकता भई नेपाली कम्युनिस्ट पार्टी बनेको समयमा उनले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । उनीसँगै तत्कालीन समाजवादीमा रहेका अन्य नेताहरू पनि एकीकरण पछिको नयाँ पार्टीमा सामेल भएका छैनन् । भुसालले नेपाली कम्युनिस्ट पार्टीमा नगएकाहरूलाई लिएर नयाँ पार्टी खोल्न लागेका हुन् ।

तत्कालीन समाजवादीका नेताहरू केही पुरानै घर एमालेमा फर्किने तयारीमा रहेका छन् । जसमा रामकुमारी झाँक्री र किसान श्रेष्ठ लगायतका नेताहरू रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्