Logo
Logo

नेपाली कम्युनिस्ट पार्टी र भीम रावलबीच अघि बढ्यो छलफल 


3.1k
Shares

कम्युनिस्ट पार्टी नेता र रावलबीच आज आइतबार साँझ छलफल भएको हो । केही दिन मै रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन सक्ने जनाइएको छ । आइतबार साँझ प्रचण्ड, माधव नेपाल, भीम रावल, प्रकाश ज्वाला, भानुभक्त जोशीबीच छलफल भएको थियो । उक्त छलफल सकारात्मक रहेको जनाइएको छ । 

The current image has no alternative text. The file name is: chalphal-4.jpg

गत साता नै १० दलको एकता घोषणा समारोहमै  प्रचण्डले रावललाई पनि मिसाउने तयारी रहेको बताएका थिए । तर कुरा धेरै अघि नबढेकोले रावलबारे निर्णय भएको थिएन । अहिले चाहिँ सहमति नजिक पुगेको बताइएको छ । 

गत वर्ष पुसमा पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै रावललाई एमालेले कारबाही गरेको थियो । त्यसपछि उनले राष्ट्रवादी अभियान घोषणा गरेका थिए ।

छलफलमा संलग्न नेपाली काम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार छलफल सकारात्मक दिशामा छ । नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि समेट्न कोसिस गरिरहेका छ । जसपाका नेताहरूसँग एउटै दलमा समेटिनेबारे कुराकानी चलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्