Logo
Logo

जगदम्बाले कम गुणस्तरीय डण्डा नष्ट गर्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ असोज । जगदम्बा स्टिल प्रालिले कम गुणस्तर भेटिएको डण्डीलाई नष्ट गर्न थालेको छ । जगदम्बाले सिमरामा रहेको आफ्नो उद्योगबाट त्यस्ता कमसल डण्टा नष्ट गर्न सुरु गरेको जनाएको हो ।
बजारमा उपभोक्तलाई बिक्री गर्न पठाइएको डण्डीमा गुणस्तर मापडण्ड भन्दा फरक भेटिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागको निर्देशनमा बजारबाट डण्डी फिर्ता मगाएर नष्ट गर्ने कार्य सुरु गरेको जगदम्बाले जनाएको छ । जगदम्बाले फलामे डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरलाई बेवास्ता गरेको भेटिएको थियो । तयसपछि नेपाल गुणस्तर तथा नापतौल विभागले त्यसलाई फिर्ता गरेर नष्ट गर्न निर्देशन दिएको थियो ।
जगदम्बा स्टिलका प्रशासकीय अधिकृत कुमुदराज ढकालले गुणस्तमा कमि देखिएको १६ एमएमको डण्डीलाई फिर्ता मगाएर नष्ट गर्ने कार्य सुरु गरिएको जनाएका छन् । उनका अनुसार देशको बिभिन्न भागहरुबाट फिर्ता मगाइएको डण्डीलाई ईलाका प्रशासन कार्यालय सिमरा र नेपाल गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका प्रतिनिधीको रोहमारमा डण्डीलाई नष्ट गर्ने कार्य गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्