Logo
Logo

४० दिनपछि अमेरिकी सरकारी कामकाज खुल्ने संकेत


315
Shares

वाशिङ्टन । अमेरिकामा ४० दिनदेखि ठप्प रहेको सरकारी कामकाज शटडाउन अन्त्य हुने संकेत देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद् शटडाउन अन्त्य गर्ने समझदारीमा नजिक पुगेको बताएका छन्।

The current image has no alternative text. The file name is: us.jpg

ह्वाइट हाउस र सिनेटका नेताहरूबीच भएको सहमति अनुसार अमेरिकी सरकारलाई पुनः सञ्चालन गर्न अनुमति दिने सहमति बनेको ट्रम्पको दाबी छ।

सीएनएनका अनुसार आठ जना डेमोक्र्याटिक सिनेटरहरूले रिपब्लिकन नेतासँग मिलेर सरकार पुनः खोल्ने र केही प्रमुख संघीय एजेन्सीहरूलाई बजेट उपलब्ध गराउने प्रस्तावमा सहमति जनाएका छन्।

यो प्रस्ताव कार्यान्वयनमा आए अमेरिकी इतिहासकै सबैभन्दा लामो शटडाउन अन्त्य हुनेछ। सम्झौताले सरकारलाई आगामी जनवरीसम्म सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गर्नेछ।

प्रतिक्रिया दिनुहोस्