Logo
Logo

नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै भीम रावल


1.9k
Shares

काठमाडौं । मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका नेता डा. भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुने भएका छन् । मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीचको समायोजन बुधबार हुने भएको छ ।

बुधबार दिउसो साढे १ बजे राष्ट्रिय सभामा कार्यक्रम गरेर मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीच समायोजन हुने भएको हो ।

कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्ने बताइएको छ । नेपाली कम्युनिष्ट पार्टीमा रावललाई नारायणकाजी श्रेष्ठ, बामदेव गौतम सरहकै वरियता दिने गरि सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्