Logo
Logo

चलचित्र क्षेत्रका एजेन्डा ल्याउनुस्, पूरा गर्न तयार छु : सञ्चारमन्त्री


189
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै चलचित्रकर्मीहरूलाई ठोस एजेन्डा पेश गर्न आग्रह गरेका छन्।

The current image has no alternative text. The file name is: jagadish-2.jpg

सोमबार काठमाडौंमा आयोजित चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज रुपान्तरणमा चलचित्रको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे। उनले समाज र मुलुकको यथार्थ प्रस्तुत गर्ने चलचित्रले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान दिएको बताए।

‘देश र समाजको हितअनुसार चलचित्र क्षेत्रको विकासका लागि मेरो कार्यकालमा के गर्नुपर्छ, त्यसको स्पष्ट कार्ययोजना लेखेर ल्याउनुस् ‘म पूरा गर्न तयार छु,’ मन्त्री खरेलले भने। उनका अनुसार चलचित्र प्रदर्शन लगायतका विषयमा रहेका अलमलहरू समाधान गर्न सरकारले पहल थालेको छ। साथै, चलचित्र क्षेत्रका नीतिगत सुधारका लागि पनि कार्य सुरु भइसकेको जानकारी दिए।

मन्त्री खरेलले चलचित्र क्षेत्रलाई अझ प्रभावकारी र सर्वस्वीकार्य बनाउन चलचित्रकर्मीहरूको आचरण गैरराजनीतिक र व्यावसायिक हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्