काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

सोमबार नेप्से परिसूचक ५.८० अङ्क घटेर २५६०.२९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.०५ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अङ्क घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार ४ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा सोमबार ३२७ स्टकको ४० हजार ५९१ पटकको कारोबारमा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको ८६ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
यस दिन ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज दरमखोला हाइड्रो इनर्जी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र माबिलुङ्ग इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यी सबै कम्पनीहरू हालै मात्र नेप्सेमा सूचीकृत कम्पनीहरू हुन् । त्यस्तै, सिटि होटलको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यूनियन हाइड्रोपावरको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ भने १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को करिब २५ करोड रुपैयाँको ऋणपत्र किनबेच भएको छ ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशत बढेको हो । लगानी र व्यापार उपसमूहको परिसूचक भने सामान्य बढेको छ । घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।











