Logo
Logo

द्रुत डाँक सेवामार्फत हुलाकको प्रभावकारिता बढाउँदै विभाग


252
Shares

गण्डकी । हुलाक सेवा विभागले आफ्नो सेवा छिटो, भरपर्दो र आधुनिक बनाउन द्रुत डाँक सेवा एक्सप्रेस मेल सर्भिसलाई विस्तार गर्दै प्रभावकारिता बढाउने प्रयास गरेको छ।

The current image has no alternative text. The file name is: Syangja-hulak1.gif

विभागका अनुसार यो सेवा सन् १९९० देखि क्षतिपूर्तिसहित सञ्चालनमा छ र अहिले देशका ४५ जिल्लामा तथा ३९ देशका ४२ स्थानमा उपलब्ध छ। आन्तरिक रूपमा दुई किलो र वैदेशिक रूपमा २० किलोसम्म सामग्री पठाउन सकिने व्यवस्था छ।

एक दिनमै ११ जिल्लामा, दुई दिनमा १८ जिल्लामा र अधिकतम सात दिनभित्र सबै सदरमुकाममा डाँक पु¥याइने व्यवस्था मिलाइएको छ। हवाई र स्थलमार्ग दुवैबाट ढुवानीका लागि निजी हवाई र यातायात कम्पनीहरूसँग सम्झौता गरिएको विभागले जनाएको छ।

हाल कतार, नेपाल र सिङ्गापुर एयरलायन्समार्फत २९ देशका ३४ गन्तव्यमा वैदेशिक हुलाक सेवा सञ्चालनमा छ।

विभागका महानिर्देशक मनमाया भट्टराई पगेंनीका अनुसार हुलाक सेवालाई समयानुकूल, सहज र नागरिकमैत्री बनाउनेतर्फ निरन्तर सुधार भइरहेको छ। गत वर्ष हुलाकमार्फत करिब २९ लाख ५० हजार वस्तु कारोबार भएका थिए।

प्रतिक्रिया दिनुहोस्