Logo
Logo

प्रहरी वृत्त बानेश्वरमा आगजनी गर्ने र प्रहरीलाई दुर्व्यवहार गर्ने पक्राउ


567
Shares

काठमाडौं। जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनहरूमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

The current image has no alternative text. The file name is: arreted.jpg

प्रहरीले सिराहा नगरपालिका वडा-४ घर भई हाल काठमाडौं-३१ आलोकनगर बस्ने २२ बर्षिय सेख सिद्धिकीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

उनको कोठा खानतलासी गर्दा ग्यास गनको २ वटा सेल बरामद गरी आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्