काठमाडौं । रामकुमारी झाँक्रीले विगतमा आफूले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति व्यक्त गरेका अभिव्यक्तिको विश्लेषण गर्ने जिम्मा समयलाई छोड्ने बताएकी छन् ।

एमालेमा फर्किने कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले आफूले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति व्यक्त गरेका अभिव्यक्तिको विश्लेषण गर्ने जिम्मा समयलाई छोड्ने बताउँदै आफूले पाउने सजाय पनि समयले नै दिने बताएकी हुन् ।
झाँक्रीले जेनजी आन्दोलनको जिम्मा लिनेहरूले सिंहदरबार र सर्वोच्च अदालत जलेको पनि जिम्मा लिनुपर्ने बताउँदै अहिले जेनजी आन्दोलनका स्टकहोल्डर र एमाले ध्रुविकरण भएको धारणा राखेकी छन् । उनले जेनजी युवाहरूलाई एमालेमा सामेल हुन आव्हान गर्दै एमालेमा जेनजीका लागी स्पेस रहेको बताइन् ।
झाँक्री र किसान श्रेष्ठसहितका एकीकृत समाजवादीका सयौँ नेताहरू आज एमालेमा फर्किएका छन् । सबैलाई एमाले अध्यक्ष ओलीले स्वागत गरेका थिए ।














