Logo
Logo

निकोलस भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न सर्वोच्चको परमादेश


1.8k
Shares

काठमाडौं । सर्वोच्च अदालतले निकोलस भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्ने गरी निर्णय लिन परमादेश जारी गरेको छ । सोमबार न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न परमादेश दिएको हो ।

भुसालले कात्तिक २० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दा कारण देखाऊ आदेश र अदालतमा उपस्थित गर्न आदेश दिएको थियो ।  

सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिलाई आधार बनाउँदै प्रहरीले भुसाललाई प्रहरीले भुसाललाई कात्तिक १८ गते गोरखाको आश्रमबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्