Logo
Logo

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै


252
Shares

काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने भएको हो ।

बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डबारे छलफल हुनेछ ।

त्यसैगरी राजस्व चुहावट नियन्त्रण, वित्तीय सङ्घीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरू सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्