
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) एकैदिन सुनको मूल्य करिब ५ हजार बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ६५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।











