Logo
Logo

बाँकेमा चार महिनामा ७० सर्पको उद्धार


252
Shares

नेपालगञ्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ को चार महिनाको अवधिमा ७० सर्पको उद्धार गरिएको छ । उद्धार गरिएका सर्पमध्ये अधिकांश विषालु सर्प भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

The current image has no alternative text. The file name is: sarpa_snake.jpg

डिभिजन वन कार्यालयका प्रमुख शङ्कर गुप्ताले वन क्षेत्र आसपासभन्दा बढी सहर बजारमा सर्प देखिन थालेको जानकारी दिँदै १५ जनाको प्राविधिक टोलीले रातिमा पनि सर्पको उद्धार गरेको बताए । जिल्लाको खासगरी नेपालगञ्ज र कोहलपुरमा सबैभन्दा बढी सर्पको उद्धार भएको उल्लेख गर्दै उद्धारका लागि जनशक्ति व्यवस्थापन र तालिमको अभाव भएको धारणा व्यक्त गरे ।

गत साउनदेखि कात्तिकसम्म विभिन्न प्रजातिका सर्पसहित विभिन्न ७६ वन्यजन्तुको उद्धार गरिएको कार्यालयका योजना अधिकृत सुशील सुवेदीले जानकारी र्दिए। उनका अनुसार कमन कोब्रा, करेत, रसल भाइपर, धामन, अजिङ्गर लगायतका सर्पको उद्धार गरेर शम्शेरगञ्ज माथेबास चक्ला वन पु¥याइएको छ ।

धान काटेपछि जाडो महिनामा बस्तीमा जाने सम्भावना बढी हुने उल्लेख गर्दै सुवेदीले विषालु सर्पको जिल्लामा रहेको प्राविधिक समूहले उद्धार गर्ने बताए। “रातिमा प्रायः हामीलाई फोन आउँछ, स्रोतसाधनको पनि अभाव छ, तर पनि जसोतसो काम गरिरहेका छौँ”, उनले भने।

गत आर्थिक वर्ष २०८१/८२ मा डिभिजन वन कार्यालयले विभिन्न प्रजातिका १२२ सर्पको उद्धार गरेको थियो । बाँके राष्ट्रिय निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्रबाहेक जिल्लाका सम्पुर्ण भू–भाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्दछ ।

प्रतिक्रिया दिनुहोस्