Logo
Logo

दुई सिफ्टमा मतदाता नाम दर्तामा सुविधा


567
Shares

The current image has no alternative text. The file name is: Nirbachan-Aayog.jpg

काठमाडौं । निर्वाचन आयोगले २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको छ।

सेवाग्राहीको बढी चाप व्यवस्थापन गर्नका लागि आयोगले दैनिक ८०० भन्दा बढी नाम दर्ता हुने जिल्लाहरूमा १२ घण्टा सेवा प्रवाहको व्यवस्था मिलाएको छ। यस अन्तर्गत सेवा दुई सिफ्टमा, हरेक सिफ्ट ६/६ घण्टा सञ्चालन हुनेछ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा थप १४ जना कर्मचारी खटाएर दर्ता प्रक्रिया सहज बनाउने व्यवस्था गरिएको छ भने अन्य जिल्लामा प्रमुख जिल्ला अधिकारीले आवश्यकतानुसार थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले नागरिकहरूलाई समयमै मतदाता नाम दर्ता गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्