काठमाडौं । निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियानलाई खारेज गरेको छ।

यो पार्टी तत्कालीन नेकपा एकीकृत समाजवादीमा विलय भइसकेको थियो। समावादी पार्टीसहित १० वटा दल मिलेर अहिले नेपाली कम्युनिस्ट पार्टी बनेको छ।
संयोजक वामदेव गौतमले पार्टी खारेजका लागि निवेदन दिएका थिए र त्यसको आधारमा आयोगले खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
माधवसँगको एकता भए पनि वामदेवको पार्टी अब अन्य दलमा समायोजन भइसकेकोले खारेजको प्रक्रिया अघि बढाइएको थियो।














